कहिलेकाहीँ साह्रै थाक्छु यार।
मदिराले फिट्टान भएर
बेहोस हुन मन छ।
सडकमा बरालिएर
अस्पष्ट लवजमा
कुनै अन्जान व्यक्तिसँग
असम्बन्धित विषयमा
बहस गर्दै
दुख बाँड्न मन छ।
मदिराले फिट्टान भएर
बेहोस हुन मन छ।
सडकमा बरालिएर
अस्पष्ट लवजमा
कुनै अन्जान व्यक्तिसँग
असम्बन्धित विषयमा
बहस गर्दै
दुख बाँड्न मन छ।
कहिलेकाहीँ साह्रै थाक्छु यार।
एउटा घनघोर बनको बिचमा गएर
निदाउन मन छ।
चिसो बतासको सिरेटोमा
अग्लो रुखको छहारीमा
तार्के जुरेलीको स्वर
छमछम बगेको खोला
शून्यता भित्रको त्यो सङ्गीत
एकोहोरो सुन्न मन छ।
एउटा घनघोर बनको बिचमा गएर
निदाउन मन छ।
चिसो बतासको सिरेटोमा
अग्लो रुखको छहारीमा
तार्के जुरेलीको स्वर
छमछम बगेको खोला
शून्यता भित्रको त्यो सङ्गीत
एकोहोरो सुन्न मन छ।
मन छ सारा आफन्त, साथीभाइ बिर्सने
अल्जाइमरले छोएको रोगीजस्तै
यसरी भुल्नु छ
सारा पिरहरू
र केही थान खुसीहरू।
कोरो कागजजस्तै मानसपटल
बनाई देखाउनु छ
माइलौँ दूर दराजमा
रमाइरहेकी मेरी प्रेमिकालाई।
अल्जाइमरले छोएको रोगीजस्तै
यसरी भुल्नु छ
सारा पिरहरू
र केही थान खुसीहरू।
कोरो कागजजस्तै मानसपटल
बनाई देखाउनु छ
माइलौँ दूर दराजमा
रमाइरहेकी मेरी प्रेमिकालाई।
तर, यस्तो कुनै मदिरा भेटिएन
न भेटाएँ कुनै अनजान
बहस गर्न, दुख बाँड्न
नजरहरूमा केवल कंक्रिटका जङ्गल
छैन पाएको आरामको निन्द्रा
न छोयो कुनै डिमेन्सियाले
पिरहरू भुल्न।
कहिलेकाहीँ साह्रै थाक्छु यार
र सुस्ताउँछु कवितामा।।
न भेटाएँ कुनै अनजान
बहस गर्न, दुख बाँड्न
नजरहरूमा केवल कंक्रिटका जङ्गल
छैन पाएको आरामको निन्द्रा
न छोयो कुनै डिमेन्सियाले
पिरहरू भुल्न।
कहिलेकाहीँ साह्रै थाक्छु यार
र सुस्ताउँछु कवितामा।।
![]() |
PS: SBS |