परदेशी

 म त,

देशभित्रै बिदेसिएको
परदेशी हुँ ।
घरबाट टाढा छु ,
तर देश छोडेको छैन ।
छन् सपना,
पुरा गर्ने आधार जोडेको छैन ।
छु त खेलिरहेको लुकामारी 
समय र भाग्यसँग ।

हुन त,
दुख गर्न खासै कुनै 
मौका पाएको छैन ।
भनूँ छैन दुख, 
खुसी आएको छैन ।

म त,
देशभित्रै बिदेसिएको परदेशी हुँ ।
मेरा दुख दुख होइनन् 
केवल गुनासा हुन्
गुनासा