मान्छे

रहरै रहरमा 

यो तिम्रो सहरमा 

बाटो बिर्सिएको मान्छे हुँ म 

माटो बिर्सिएको मान्छे हुँ म  


रहरै रहरमा

मान्छेको लहरमा

मन मस्तिष्क र मानवता

बिर्सेका विरक्त बिरामी

सँग सँगै हिँडेर निकै 

थाकेर बसेको मान्छे हुँ म

भागेर बसेको मान्छे हुँ  म


सबैलाई आफन्तै ठानी 

देखेर दयालु दानी

मिठो मायालु बानी 

झुटो रहेछ जानी 

प्रहार प्रेम र पिडा 

बोकेर हिडेको मान्छे हु म

भोगेर हिडेको मान्छे हुँ म


रहरै रहरमा 

यो तिम्रो सहरमा 

बाटो बिर्सिएको मान्छे हुँ म 

माटो बिर्सिएको मान्छे हुँ म।।