गजल- मटु दिए पनि कोही

हुँदै हुदैनन् आफ्ना, मुटु दिएपनि कोही।
प्यारा निस्किन्छन, पराई सम्झिएपनि कोही।

यति दुर गएर हराउँछन, कुनै अनकन्टारमा
हाडमासु झैँ कुनैबेला टाँसिएपनि कोही  ।

सबै उस्तै हुँदैनन् , स्वार्थी अनि अवशरबादी
छोड्दैनन् साथ, जिउने आशा सकिएपनि कोही।

रहन्न रसिलो, सधैँभरि जिन्दगी यो
जता गुलियो उतैतिर तानिएपनि कोही ।

रहिरहन्छ रहरजस्तै, अव्यक्त अभिव्यक्ति
भन्दै भन्दैनन् मनमा माया, थिए पनि कोही ।
©samarpitprakash