प्रलय

म संग बेपत्ता हुन सक्ने

अदभुत कला छ।


तिमी र म बिच आएको प्रलय पछि, 

म नदेखिन सक्छुँ तिमी डुल्ने गल्लीहरुमा।

वा नभेटिन सक्छुँ 

ललट तिम्रा कसिबाट नियालिरहेका हेराइहरुमा।

तिम्रो त्यो मधुरो आवाज

बिना हुन्थ्यो अधुरो साँझ

तिम्रो ओठबाट उच्चारण गरिएका

खुशीहरु

मेरो कानसम्म आई पुग्दा नपुग्दै

म सुन्ने छुँ सुन्य 


तिमी पिर नगर्नु,

म कहिँ न कहिँ हुन्छु होला

एउटा उर्जाको रुपमा 


तर,

तिमीले कहिल्यै सोचेको छौ?

कहाँ जान्छ होला मैन बत्तीको उज्यालो 

निभाइसकेपछि?

र, कहाँ भाग्छ होला त्यो निष्पट अन्धकार

भानु उदाइसकेपछि?

कता बग्छ होला त्यो मधुर संगित 

सुनाइसकेपछि?

साँच्चै,

कता हुन्छ होला यो मान्छे सधै भरिलाई

निदाइसकेपछि?



Previous Next

نموذج الاتصال