बैसाखी

PS: Home Depot

प्रिय कि अप्रिय त्यो बैसाखी
जसलाई आवश्यक नै हुँदैन
जस्तै सुन्दर तिमी
र कुरुप तिम्रो मन
मलाई छैन कुनै रुचि।

आवश्यक
न तिमी मलाई
न म तिमीलाई
न ऊ कसैलाई
त किन हर दिन
तिमी विचरण गरिरहेछौ
मेरो आगनमा
जो केवल आगोको प्रतिक्षामा बसिरहेछ
बर्षौंदेखी बैसाखी सहित।

एक्लो पिपलको फेदमा
सुस्केरा मार्ने व्यक्ति
कहिल्यै सम्झिन्छ होला
या सम्झिन्न सायद
हराएको कुनै साथी

याद
न तिम्रो यादमा म
न तिमी मेरो यादमा
किन सधैँ तान्छौ अनि
सम्बन्ध हिन यो सम्बन्ध
जसको छैन कुनै अर्थ

बैसाखी,
न चाहना न कामना
न रहर न बासना
आवश्यकता र वेवास्ता
बनाइन्छ पर्यायवाची
जस्तै
तिमी र बैसाखी
Previous Next

نموذج الاتصال