यात्रा जस्तो जिन्दगीमा,थाकिन्छ कहिलेकाहीँ
लुकाई दुख मनमा, हाँसिन्छ कहिलेकाहीँ
लुकाई दुख मनमा, हाँसिन्छ कहिलेकाहीँ
चरा उडानमा पक्कै, सम्झन्न धर्ती आकाश
बिर्सिएर प्रिय मान्छे, बाँचिन्छ कहिलेकाहीँ
बिर्सिएर प्रिय मान्छे, बाँचिन्छ कहिलेकाहीँ
चाहे नहोस विश्वास, सुर असुरको यहाँ
जोडि हत्केला नमन, भाकिन्छ कहिलेकाहीँ
जोडि हत्केला नमन, भाकिन्छ कहिलेकाहीँ
वाहिनी बहन्छे सधैं, रोक्दैन खडेरी पनि
त्यसरी स-साना वाधा, टारिन्छ कहिलेकाहीँ
त्यसरी स-साना वाधा, टारिन्छ कहिलेकाहीँ
देखिन जिवन्त जिजीविषा, मृत भन्दा फरक
थोरै उतार चढाव, चाहिन्छ कहिलेकाहीँ
थोरै उतार चढाव, चाहिन्छ कहिलेकाहीँ
©Samarpit_Prakash
![]() |
PS:Daniel Miessler |