दिक्कै नलाग्ने कुरा

काला-सेता
पहेँला-राता
चिल्ला फुस्रा
मेरो ठाउँ-सेरोफेरो
कहिल्यै बदलिन्न
बदलिन्छन केवल
रंगहरु

उजाड यो बस्तिलाई
घेर्छ घिर्नीजस्तै
हरियो घाँस
सुकेका पात
 र त्यो जमात
बनेका छन
पर्यायवाची

कुनै महंगा
सस्ता कुनै
डुबेका हुन्छन
पिडामा कुनै
कुनै कुनैमा
भेटिन्छ
खुशीहरुको ओभरफ्लो

कोहि बाँच्छन
त्यहि बेचेर
त्यहि देखेर
बाँच्छन कोहि
बनाई मोहित
बनेर पागल
लेखिन्छन
ठुलाठुला काव्यहरु

तिनै रंगहरु
तिनै घिर्नीहरु
तिनै जमातहरु
दिक्कै नलाग्ने
एउटा कुरा
देखिन्छन
मेरो बस्तीमा 
हरेक दिन
नयाँ नयाँ
अनुहारहरु।।

Previous Next

نموذج الاتصال