यादहरु

कहिल्यै नबिर्सुँ यिँ पल हजार सुनामी आउन
चाहे तडपेर मरुँ, सम्झेर मेरा अतितहरु

कहिले प्रखर बिहानीमा, झिसमिस गोधुलीमा
मेरा आँशुजस्ता झरीरहुन  यीँ शीतहरु

यहि लाखौँको भिडमा नसम्झ एक्लो आफु
हुनेछुँ दुर सहरमा, फर्केर आउनेछुँ बरु

बिर्सन खोज्ला त्यो मन दिव्य संगत मेरो
सिरसिरे सिरेटोमा ताजा याद बनि झरुँ

नलागोस तिमीलाई यस्तो, स्वार्थी थ्यो हाम्रो साथ
दिनलाई सयमनको बिश्वास, भन म के चाहिँ गरुँ

भलै सकिन बस्न , स्वर्णिम तिम्रो त्यो मनमा
हरेक रात सपनिमा, अाएर झस्काउने गरुँ

भिजाई मेरा परेलाहरु, खुसी किन भिजाउथेँ
छोडेर प्रिय स्थान, बिशाल सागर यीँ तरुँ

कहिल्यै नबिर्सुँ यिँ पल हजार सुनामी आउन
चाहे तडपेर मरुँ सम्झेर मेरा अतितहरु
Previous Next

نموذج الاتصال