गजल- सिकेको छुँ

आधा दुश्मनलाई हराउन सिकेको छुँ
मैले तिमीबाट मुस्कुराउन सिकेको छुँ

कहिल्यै मलाई सम्झिदैन ज-जसले
उस्लाई यादहरुले झस्काउन सिकेको छुँ

थाकेर लखतरान भएको बालकलाई
चकलेट देखाएर हिँडाउन सिकेको छुँ

पिडा सुनाएर मन पग्लरिएन तिम्रो
रत हाँसो देखाएर रुवाउन सिकेको छु

सात जुनिसम्मको दुश्मनी निभाउन
जो कसैलाई साथी बनाउन सिकेको छु


Previous Next

نموذج الاتصال