गजल - बानी संग

जब विचार द्वन्द्व गर्छ बानी संग
मिल्दै मिल्दैन जिन्दगी कहानी संग

भन्दा हुन कसैले, सपना नदेख्नु
न भर, न त घर हुन्छ परानी संग

गाह्रो छ एक पल बाँच्न , खै कसरी
माछा युग बिताइदिन्छ पानि संग

गरुन रमाउनेहरु रमाउदै गरुन
समय कति नै छर, जवानी संग

खुशी विलिन पारेपनि सन्ध्या
आशा पलाइरहुन बिहानी संग


- समर्पित प्रकाश
काठमाडौं