बाँचेर देखाउनु छ

जिन्दगीले मलाई दुखी हुने
हजारौं कारण बतायो
मैले जिन्दगीलाई खुशी हुन
एउटा कारण बताउनु छ
बालक जस्तै पिर रहित
केवल एकदिन
मलाई बाँचेर देखाउनु छ।
.
महकिला पैयुँका सेता फुल
बोकेर हत्केलामा गुँरास
ओढेर रविको न्यानोपन
हिँडेर धुपी र सल्लाको वन
कलकल मनोरम झरना संग
जोडि ढुकुर र हलेसी संग
एक अदभुत सपना देख्नु छ
.
म तिम्री हैन भनेर
दुर गएकी ऊ
लत्याएर हातको रक्तिम गुलाफ
छोडेर एक्लै मध्य निशामा
भन्थि तिमीलाई आउँदैन बाँच्न
उसको माया अब उसैलाई
फिर्ता गरेर देखाउनु छ
.
उडेर निदाउछुँ नीर सगरमा
पंख फैलाउँदै कावा खाँदै
पिरहरु जलाउछुँ बगरमा
बिरामी पर्वतलाई ओखती खोज्न
नदिसंगै बगेर पुग्छुँ सहरमा
हेरेर सिउँडिको कोपिला
छोएर सुनाखरी सुनगाभा
.
किन कोहि जन्मिदा रोइरहन्छ
अरु मुस्कुराइरहन्छन
र मर्दा उ मुस्कुराएको हुन्छ
अरु रोइरहन्छन
त्यो पवनसंग उत्तर माग्नु छ
बूढो हुनुभन्दा पहिले एकदिन
मलाई बाँचेर देखाउनु छ।