एक दिन झरी परिरहेका बेला
मैले सम्झिएँ मेरी प्रिय सखा सर्वरीलाई
तर बिर्सिएँ उनको मुहार
रूखका हरिया पातहरू निरन्तर
वर्षामा रमाइरहेका बेला
यौटा पत्र लेख्ने प्रयास गरेँ
अर्कै दुनियाँमा रहेकी मेरी प्रिय सर्वरीलाई
बेसरी सताइएको थिएँ दिनभरिको प्रचण्ड रापले
तिब्र भएर आयो त्यसैले मेरो चाहाना
स्मरणभन्दा बाहिर गइसकेको उनको मुहार
गरिरहेँ सम्झने निरर्थक प्रयास
कल्पना भित्र सयर गर्दै
एकदिन म खुशी खोज्दै पुग्नेछुँ क्षितिज पारी
र ओगट्ने छुँ नयनमा
विरंगी पुष्पसंग खेलीरहेकी मेरी सर्वरीलाई
म पुन एकपटक कैद हुनेछुँ उनको प्रेममा
फागुन चैतको कलिलो मुनाजस्तो हाम्रो प्रेम
स्वप्न बगैचामा रोप्नेछौँ
फलको आशा बिना
सदियौ सम्म आफ्ना प्रेमलापलाई दिनेछौँ निरन्तरता,
आत्मियता, प्रेरणा अनि साथ
समयले निमेषभरमै दुर हुत्याईदिनेछ
जसरी हरेक चिजहरु बदलिनेछन
मौसमजस्तै, समयजस्तै, आयुजस्तै अनि मनजस्तै
यी अर्पण गरिएका उत्कर्षहरु विलिन हुन खोज्नेछन
हुदैनन अन्जुलीहरू निमेषमा
वियोगमा टुंगिनेछ हाम्रो कथा,
अनि पुनर्मिलन हुने शून्य सम्भावना
तर केहिले रोक्ने छैन मन संग मन जोडिन,
भैरहनेछु म उनको समिपमा, सपनामा, मस्तिष्कमा अनि मनमा
हरेक गोधुलीमा, निष्पट अँध्यारोमा ,
म उब्जनेछुँ बनेर विचार, चाहाना खुशी अनि मुस्कान
तर रहनेछ कयौ प्रकाश बर्षको दुरी विचमा
आशाका किरणहरु जिवित रहनेछन
युगौँपछि हुनेछ हाम्रो मिलन सम्भावना
सायद हुनेछैन अब कहिल्यै
सिरसिरे हावाले मेरा केश उडाएका बेला
साउनको झरिले भिजाएका बेला
शिशिरको चिसो तुसारोमा,
रबि अत्यन्त रिसाएका बेला
म कागज र कलम लिएर
बस्नेछुँ कतै हरिया फाँटमा
र पत्र लेख्नेछुँ ब्रम्हाण्डको एक सुन्दर प्राणीलाई
मेरी सर्वरीलाई
अनि
उनी हर्षित हुनेछिन मेरो सन्देश पाएर
अर्कै दुनियाँबाट।।।।।