जस्तै

जस्तै सागर छ,
जस्तै नभ छ,
जस्तै पवन छ,
जस्तै शिखर छ,
जस्तै ताल छ,
जस्तै निशा छ,
जस्तै वेग छ,
त्यस्तो किन भएन
मेरो जिन्दगी।

जस्तै दुरी छ,
जस्तै छुरि छ,
जस्तै पिर छ,
जस्तै भिर छ,
जस्तै आवेग छ,
जस्तै मेघ छ,
जस्तै भेग छ,
किन भयो यस्तो
मेरो जिन्दगी।

छम छम, छम छम
बर्षाको त्यो संगित
झम झम, झम झम
तिम्रो नृत्यको चाल
धम धम, धम धम
मेरो मुटुको धडकन
सम सम, सम सम
तिम्रो नयनको गति
किन मिल्दैन
मेरो गतिसंग।

जस्तै तकदिर छ,
जस्तै आशा छ,
जस्तै उपदेश छ,
जस्तै खुशी छ,
जस्तै माया छ,
जस्तै नजर छ,
त्यस्तो कहिल्यै
देखाउन सकिन।

जस्तो बाध्यता छ,
जस्तो मान्यता छ,
जस्तो घर छ,
जस्तो प्रहर छ,
जस्तो जुठो छ,
जस्तो झुटो छ,
त्यस्तै भो,
हेर न मेरो प्रेम।

सिर सिर, सिर सिर
चल्ने त्यो वायु
फिर फिर, फिर फिर
उड्ने त्यो पङ्ख
घिर घिर, घिर घिर
गुड्ने त्यो चक्का
तिर तिर, तिर तिर
बग्ने त्यो पानी
किन दुरुस्तै
म जस्तो?
PS: Flaticon