फोहोरवाला

भिडबाट कराउँछ कोही
ए फोहोरवाला, ए फोहोरवाला

शरीरका मैला बस्त्र
महिनौँ नकाटीएको कपाल
जिङ्रिङ्ग सिरुका पातजस्ता
खिया लागेका उसका दाँत
देखिन्छन औँशीको रातजस्ता
हल्लाउँदै हातहरु हमेशा
खोज्छ फोहोरका डङ्गुरहरुमा
हराएका उसका रहरहरु

यहाँ खान नजानेर बनेको
उदासिन जमातका बिच
खान नपाएर सिर्जित
अर्को उदासिन मानुस
मान्छेले मिल्काएका
निर्जीव बस्तुहरुमा
ऊ धानीरहेछ जिन्दगी
प्राणविहीन अस्तुहरुमा

वरपिपलका लहरा झैँ
शरिरमा लत्रिएका ध्वाजाहरु
के उ भित्र पनि
एउटा पुस्ता बाँचिरहेछ?
यीँ भुतहरुका बिचमा
के उसको पनि
कुनै भविष्य छ?

जसरी आधा पृथ्वी निष्पट हुँदा
चम्किन्छ आधा
हो त्यसरी नै सोचिरहेछुँ
फोहोर सफा गर्ने मान्छे
सफाइवाला कि फोहोरवाला?
©Samarpitprakash