गजल - पाइयोस

तिमी पनि तड्पीएको सुन्न पाइयोस
छटपटिमा जिएको सुन्न पाइयोस

अर्कै संग प्रेम, गर्छ रे तिम्रो प्रेमी
खबर उस्कै बिहेको सुन्न पाइयोस

एकदिन सारा संसार, जित्छुँ भन्ने तिमी
बाँच्न पनि आँत्तिएको सुन्न पाइयोस

हो तिमी, त्यहि गल्लिमा, त्यहि शहरमा
पागल बनि उँभिएको सुन्न पाइयोस

मेरो जस्तै जिउँदै मर्न, नपरोस तिमीलाइ
यादै यादमा बाँचिएको सुन्न पाइयोस




Previous Next

نموذج الاتصال