गजल- खासमा


तिम्रो याद आउदै आउदैन खासमा
केवल देश सम्झिरहन्छु प्रवासमा

भोली पक्कै ठिक हुनेछ सबै थोक
पुरै जिन्दगी बित्यो यही आशमा

मैले आफ्नै घर यस कारण जलाएँ
सुनेर, विकाश लुकेको हुन्छ विनाशमा

बरु जाउँ लडौँ एक निर्णायक युद्ध
कति बाँच्छौ यार यो डर त्रासमा

निराश नहुनु आफ्नो कोही छैन भनि
संसार बदलिन सक्छ एक्लो प्रयासमा

Ask permission before you copy.
©Samarpit Prakash
Previous Next

نموذج الاتصال