गजल (अमर हुन्छन)

                 गजल




जति बाध्यता हुन्छन् त्यति रहर हुन्छन्
मरुभुमी भित्र पनि कसैका घर हुन्छन्

नभन्नु ए नदि यहाँ मेरो कोहि छैन भनि
तिमीसँग पनि त साहारा बगर हुन्छन्

किन मदिरा जस्तै हुन्छ यो माया प्रेम
थोरै फाइदा हुन्छन धेरै असर हुन्छन

नजानु ए साथी श्रम बेच्न खाडितिर
यहाँ अभावमा थुप्रै अवशर हुन्छन

म मेरा रचनालाई सहिद बनाउछुँ
हेर्छुँ यी गजल कसरी अमर हुन्छन् ।