जिन्दगी

नैराश्यताको रस
थाहा नभएका मनुवा हो
साह्रै मीठो हुन्छ त्यो।
जब तिमी वाक्क भैसकेका हुन्छौ
यी मान्छेहरु देखि।
डर
रहर
र शहर प्रतिको माया
हराएर जान्छ
र तिमी मोक्षको बाटोमा
अघि बढ्दछौ।

तिमी एक्लै जन्मिएका हौ
भन्ने कुरा झुटो हो।
तिमीसंगै आएका थिए
केही बाकस
पेन्डोराका बोत्तलहरु
त्यस्तै त हो मर्नु पनि
तिमीसंगै रित्तिन्छन
ती शिशीहरु
बिचको यात्रा
अदभुत हुन्छ
अनौठो हुन्छ।

आखिर जिन्दगी एक्लै बिताउनु छ
लिएर केही भ्रमहरु
साथकी प्रेमिका
पनि त एक्लै बाँचिरहेकि छे
किनकी भिडमा रहनु
सामाजिक हुनु हैन
तिम्रो अन्तरद्वन्द्व
तिमी बाहेक
अरु कसैले बुझ्नै सक्दैन
तिमी झोक्रिएको देखेर
खुसीले बिस्मात देखाउलान
तर दुखले प्रसन्न हुनेछन
उनिहरु।

खासमा रमाउनु नेैराश्यता हो
र यो सापेेक्ष छ
जस्तै
तिम्रो उत्सव मेरो लागि पीडा हुन्छ
र मेरो पीडा तिम्रो उत्सव।
यो जिन्दगी हो
डस्टबिनमा फ्याकिएको
फोहोर जस्तै।
किनकी,
केही नहुनु,
केही हुनु हो,
र केही हुनु
केही नहुनु हो।
तिम्रो अस्तित्व एउटा दर्शन होइन
चुटकिला हो
शव हो।
Pic: Benjamin Davis